लामो कसरत पछि खुल्यो एसीसीको ५० प्रतिशत हकप्रद


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । चुक्ता पुँजी वृद्धि गर्नका निम्ति संघर्ष गरिरहेको नेपाल क्रेडिट एन्ड कमर्स ‘एनसीसी’ बैंकले आजबाट ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ ।

बैंकले प्रतिकित्ता एक सय रुपैयाँका दरले २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शयर बिक्री खुला गरेको हो । गत साउन १४ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै हकप्रद भर्न पाउनेछन् । हकप्रद असोज ७ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

हकप्रद भर्नका निम्ति सनराइज क्यापिटल कमलपोखरी तथा एनसीसी बैंकको प्रधान तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सी–आस्माबा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ ।

बैंकले हकप्रद शेयरको बिक्रीबाट २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ चुक्ता पुँजी जुटाउने जनाएको छ । बैंकको हकप्रदपछि बैंकको चुक्ता पुँजी ७ अर्ब एक करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकलाई अझै ९९ करोड रुपैयाँ आवश्यकता पर्नेछ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ७ करोड वितरणयोग्य नाफा कमाएको सिइओ रमेशराज अर्याललले जानकारी दिए । हकप्रदपछि ९९ करोड रुपैयाँ बराबरको सञ्चित नाफाबाट बोनस वितरण गरेर वा अन्य विकल्पबाट बैंकले आठ अर्ब रुपैयाँ चुक्ता पुर्याउनु पर्नेछ ।

तपाईको प्रतिक्रिया