जनकपुरमा खुल्यो प्राइम बैंकको शाखा



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुर । प्रदेश नं. २ को राजधानी जनकपुरमा प्राइम कमर्सियल बैंक लिमिटेडले शाखा खोलेको छ ।

ऐतिहासिक एवंम धार्मिक नगरी जनकपुरलाई लक्ष्य गरेर बैंकले आफ्नो ६४ औं शाखा विस्तार गरेको हो । प्रदेशको राजधानी भई सकेपछि जनकपुर यतिबेला ठूलो व्यापारिक हब बनेको छ । उद्योग व्यवसायहरु धमाधम खुल्न थालेका छन् । त्यसैलाई ध्यानमा राख्दै प्राइम बैंकले पहिलो पटक धनुषामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले गरेका थिए । उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर, नायब महाप्रबन्धक भाइराजा तुलाधर तथा जनकपुरका उद्योगी व्यापारीहरुको बाक्लो सहभागिता थियो । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै जाने योजना रहेको नायब महाप्रबन्धक तुलाधरले नेपाल बहस डटकमलाई बताए ।

जनकपुरधाम उपमहानगरपालिकामा नयाँ शाखा संचालनपछि बैंकको शाखा कार्यालय संख्या देश भर गरी ६४ पुगेको छ ।
साथै, बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप ग्राहकमुखी बनाउने लक्ष्य लिएको सिईओ नारायणदास मानन्धरले बताए ।

नेपालका वाणिज्य बैंकहरु मध्ये उत्कृष्ठ रहेको प्राइम बैंकले छिटै पोखरामा केन्द्रीय कार्यालय रहेको ओम विकास बैंकलाई पनि एक्वायर गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको छ । नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरु मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, सीमित तर थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले ओम डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्न सहमति जनाइएको छ ।

ओम डेभलपमेन्ट बैंकका ग्रामीण क्षेत्रमा थुप्रै शाखा संजालहरु रहेका छन् । प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ११६ पुग्ने छ । असार मसान्तको वित्तीय विवरण अनुसार कुल निक्षेप एक खर्बभन्दा बढी र कर्जा ८९ अर्बभन्दा बढी हुनेछ ।

राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने दुवै पक्ष बीच सहमति भएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार