समीट माइक्रोफाइनाइन्सको लाभांशमा गिरावट



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष भन्दा न्यून लाभांश घोषणा गरेको छ । माइक्रोफाइनान्सको भदौ ३१ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले २३.५३ प्रतिशत बोनस तथा १.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो आर्थिक वर्षमा माईक्रोफाइनान्सले ३४.४८ प्रतिशत बोनस तथा १०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

अहिले माइक्रोफाइनान्सको चुक्ता पूँजी १७ करोड रुपैयाँ छ । प्रस्तावित बोनस वितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी २१ करोड रुपैयाँ पुग्नेछ ।

अघिल्लो आर्थिक वर्षमा ५ करोड ९५ हजार रुपैयाँ खुद नाफा कमाएको माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा ४ करोड २९ हजार रुपैयाँ खुद नाफा कमाएर २३ रुपैयाँ ५५ पैसा प्रतिसेयर आम्दानी कायम गरेको थियो ।

गत आर्थिक वर्षमा एक बराबर एकको अनुपातमा हकप्रद सेयरको भारी बोकाएको यस माइक्रोफाइनान्सले एकै पटक ७ करोडको पूँजीलाई १७ करोड पुर्याएर २३.५३ प्रतिशत बोनस वितरण गर्ने कुरा सार्वजनिक गरेको छ ।

 

 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार