fbpx

नेपाल राष्ट्र बैंकको नयाँ वेबसाइट आजबाट सञ्चाल


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वित्तीय समावेशीताको अवस्था जानकारी गराउने उद्देश्यले नयाँ वेबसाइट सञ्चालमा ल्याएको छ । नयाँ वेबसाइटबाट प्रत्येक स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति र त्यससँग सम्बन्धित सम्पूर्ण तथ्यांकहरु थाहा पाउन सकिने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । तथ्यांक सहितको http://www.emap.nrb.org.np केन्द्रीय बैंकले आज (आइतबार) सार्वजनिक गरेको हो ।

उद्घाटन समारेहमा बोल्दै गर्भनर डा. चिरन्जीवी नेपालले स्थानीय तहमा भएको बैंकिङ गतिविधिको बारेमा जानकारी लिन यो वेबसाइट निकै प्रभावकारी हुने उल्लेख गरे । नियामक निकायले गरेका कामहरुको पनि सबैले सजिलोसँग जानकारी पाउने उनले बताए । यसले संघीय सरकारसँग आर्थिक गतिविधिको बारेमा सूचना आदान प्रदान गर्न निकै सहज बनाउने उनको भनाइ छ । यसका अलावा पुरानो वेवसाइट पनि संचालनमा नै छ ।

नयाँ वेवसाइटबाट वित्तीय क्षेत्रमा नेपाली जनताको पहुँच कति पुगेको छ भन्ने जानकारी लिन सजिलो हुने अपेक्षा गरिएको छ । यसमा प्रत्येक दिन, साता, मासिक तथा वार्षिक तथ्यांक समेत उपलब्ध हुने बैंकका प्रवक्ता नारयण प्रसाद पौडेलले जानकारी दिए । आगामी दिनमा बैंकको तथ्यांक नदोहोरिने राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार