काभ्रेमा सहकारीले संचालनमा ल्यायो पहिलो एटिएम सेवा


Share This

नेपालबहस संवाददाता    

२१ असोज, काठमाडौं । काभ्रेपलाञ्चोकमा पहिलो पटक एउटा सहकारी संस्थाले एटिएम कार्ड संचालनमा ल्याएको छ ।

पनौती नगरपालिकाको खोपासीमा रहेको विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाले संचालनमा ल्याएको एटिएम कार्डको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शुभारम्भ गरे ।

सो एससिटी कार्डबाट सहकारी संस्थामा बचत भएको रकम बचतकर्ताले एससिटीको सुविधा भएको जुनसुकै एटिएमबाट पनि रकम निकाल्न सक्नेछन् । सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभामा सचिव मैनालीले सहकारी संस्थालाई औद्योगिक कार्यमा लागेर अर्थतन्त्रमा योगदान गर्न आग्रह गरे ।

सहकारी संस्थाका अध्यक्ष प्रदीप थापाले सहकारी आन्दोलनको पहिलो दशकको अवधिमा राज्यको स्पष्ट नीति र पद्धतिको अभावले आर्थिकमैत्री सहकारी बन्न नसकेको आरोप लगाए ।

विसं २०५० सालमा स्थापना भएको सो सहकारीले रु एक अर्ब ४२ करोड पाँचलाख बचत गरेको छ भने रु एक अर्ब ५९ करोड २३ लाख ऋण लगानी गरेको बताइएको छ । सहकारीमा ३० हजार सदस्य आबद्ध छन् । यस बाहेक अन्य केही सहकारी संस्था पनि एटिएम कार्ड चलाउने तयारीमा छन् ।

सो अवसरमा १४ जना ज्येष्ठ सदस्यलाई सम्मान गर्नुका साथै सामुदायिक तथा निजी विद्यालयतर्फ एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छजना विद्यार्थीलाई पदक तथा नगद पुरस्कारले सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार