आइएमई जनरल इन्स्योरेन्सको ४४औं शाखा कीर्तिपुरमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले  ४४औं शाखा काठमाडौंको कीर्तिपुरमा विस्तार गरेको छ । शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका हुन् ।

शाखाको उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष चापागांईले बीमाको पहुँच फराकिलो हुँदै गएको हुनाले स्वास्थ्य प्रतिस्पर्धा मार्फत आफ्ना ग्राहकहरुलाई सहज र सुलभ सेवा प्रदान गर्ने बताएका छन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आर्थिक वर्ष २०७५।०७६ को प्रथम त्रैमास सम्ममा करिब ३२ करोड बीमा शुल्क आर्जन गरेको, कूल लगानी १ अर्ब ५ करोड रूपैयाँ रहेको बताएका छन् ।

त्यसैगरी सोही अवधिमा खुद नाफा २ करोड ६२ लाख आर्जन गर्न सफल भएको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार