मुक्तिनाथ विकास बैंकका दुई शाखा दुई मेयरबाट एकैसाथ



नेपालबहस संवाददाता
 



Muktinath-bikash-bank

काठमाडौं । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकैसाथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा दाङ्ग जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरियामा दुई शाखा कार्यालय बिस्तार गरेको छ ।

घोराही शाखाको समुद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरेका छन् । शाखा कार्यालय समुद्घाटन गदै प्रमुख अतिथि चौधरीले मुक्तिनाथ विकास बैकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना दिएका छन् ।

Ghorahi-mayor-muktinath-bikas-bank

उता गुलरिया शाखाको समुद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरे । शाखा कार्यालय समुद्घाटन गदै प्रमुखअतिथि यादवले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूलाठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवाप्रदान गर्नुपर्नेमा जोड दिदै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधिहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

gulariya-mayor-muktinath-bikas-bank

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी आफ्ना ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ए.टि.एम.कार्ड सेवा, ए.बि.बि.एस जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।


सम्बन्धित समाचार