fbpx

बैंकको निक्षेप ०.४ प्रतिशतले घट्यो, ६१.६ प्रतिशत कर्जा घर जग्गामा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । यस चालू आर्थिक वर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.४ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.८ प्रतिशत, ३४.५ प्रतिशत र ४६.४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.८ प्रतिशत, ३५.३ प्रतिशत र ४३.२ प्रतिशत रहेको थियो । साउनमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपकर्ताको निक्षेप ४४.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा चालू आवको पहिलो महिनामा कर्जा ०.७ प्रतिशतले बढेको छ । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.८ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको ०.२ प्रतिशत र वित्त कम्पनीहरुको ०.५ प्रतिशतले घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१।६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.६ प्रतिशत कर्जा चालू सम्पत्ति कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २.४ प्रतिशतले, ट्रष्ट रिसिप्ट आयात कर्जा १.९ प्रतिशतले, डिमान्ड तथा चालु पँुजी कर्जा २.२ प्रतिशतले, रियल स्टेट कर्जा व्यक्तिगत आवासीय घर कर्जा समेत ०.६ प्रतिशतले तथा हायर पर्चेज कर्जा १.४ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १.७ प्रतिशतले तथा मार्जिन प्रकृति कर्जा २.३ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार