fbpx

मुक्तिनाथका थप दुई शाखा बिर्तामोड र धरानमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । मुक्तिनाथ विकास बैंकले शाखा विस्तार गर्ने क्रममा मंगलबार बिर्तामोड र धरानमा एकै चोटी दुई बिस्तार गरेको छ ।

हिजो बैंकले झापाको विर्तामोड र सुनसरीको धरानमा शाखा विस्तार गरेको बताएको छ । बिर्तामोड शाखाको बिर्तामोड नगरपालिकाका मेयर धुर्ब कुमार शिवाकोटी र धरान शाखाको जिल्ला उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष राजेन्द्र शाहले उदघाटन गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले ९५ शाखा तथा १७ एटिएम मार्फत आधुनिक, लघुवित्त तथा ग्रामिण बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स, बैंकान्स्योरेन्स, आस्वा, एटिएम कार्ड तथा एबिबिएस सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै बैंकले आकर्षक विशेषता सहितको नगद फिर्ता आवास कर्जा योजना समेत संचालनमा ल्याएको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार