बाँकेमा एनआई सी एशिया बैंकको २ नयाँ शाखा विस्तार


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । एनआई सी एशिया बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा बाँकेमा थप २ नयाँ शाखा विस्तार गरेको छ । शाखा विस्तार गर्ने क्रममा बाँके नेपालगंजको त्रिभुवनचोक र सम्झनाचोकमा आज एक कार्यक्रम गरी थप शाखाको उद्घाटन गरिएको छ ।

नेपालगञ्जउप–महानगरपालिका वडा नं. ८ स्थित त्रिभुवनचोक शाखाको एनआइ सी एशियाबैंकका संचालक राजेन्द्र प्रसाद अर्याल तथा बैजनाथगाउँपालिकावडा नं.६ स्थित सम्झनाचोक शाखाको नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमल राज खनालबाट एकै साथ थप नयाँ शाखाको उद्घाटन गरिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६१ शाखाकार्यालयहरु, २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ ।

बैंकको कुलनिक्षेप करिब रू. १६४ अर्ब तथाकर्जा रू. १३८ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।

हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १२ लाख १९ हजार रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार