शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैक, फाइनान्स तथा वित्त कम्पनी र क्लियरिङ हाउसलार्ई भोली दिनभरी नै कार्यालय खोल्न निर्देशन दिएको छ ।

भोली शनिबार भएपनि राजस्व बुझ्ने सबै बैंकहरुको शाखा तथा एकाउण्ट पूरा समय खुला गर्न केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो । चेक सटही लगायतको काम गर्ने क्लियरिङ हाउसलाई पनि शनिबार खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । आर्थिक वर्ष २०७५/७६को पुस मसान्तमा कर तिर्नेको चाप बढेका कारण यस्तो निर्णय गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार