माछापुच्छ्रे बैंकले ३ अर्बकाे ऋणपत्र निष्काशन गर्दै, १०.२५ प्रतिशत ब्याजदर-अर्ध बार्षिक भुक्तानी



नेपालबहस संवाददाता
 




काठमाडौं । माछापुच्छ्रे बैंक र एनएमबी क्यापिटलबीच सम्झौता भएको छ। सम्झौता अनुसार बैंकको ३ अर्ब ऋणपत्र निष्काशनका लागि  निष्काशन प्रबन्धकको रुपमा एनएमबी क्यापिटलले सम्पन्न गर्ने छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरिसकेको जनाइएको छ। साथै नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमाति लिइ बैंकले बिक्रीको लागि आवेदन खुल्ला गरेको छ।

बैंकका अनुसार ऋणपत्रमा बार्षिक १०.२५ प्रतिशत दरको ब्याजदर रहेकोे छ। प्रति ऋणपत्र अंकित मूल्य १ हजार दरका ३० लाख कित्ताको जम्मा ३ अर्ब रुपैयाँ निष्काशित ऋणपत्रमा अठार लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट १२ बाह्र लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गरिने भएको छ। ऋणपत्रको अवधि १० बर्ष रहने बैंकको भनाइ छ।

नेपाल स्टक ऐक्स्चेन्जमा सूचीकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा बिक्री गर्न सकिने छ। साथैआवश्यक पर्दा बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्र धितो राखी क्रण लिन सकिने बैंकले जानकारी दिएको छ। ब्याजको भुक्तानी अर्ध बार्षिक रुपमा गरिने छ।


सम्बन्धित समाचार