एनआईसी एशिया बैंक र नेशनल लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता


Share This


नेपालबहस संवाददाता    103 Views

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिदगर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का।मु।प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतबीच हस्ताक्षर भएको छ ।

तपाईको प्रतिक्रिया