fbpx

एनआईसी एशिया बैंकको गजूरी र गल्छीमा शाखा विस्तार


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । एनआईसी एशिया बैंकले धादिङको गजूरी र गल्छीमा नयाँ शाखा कार्यालय खोलेको छ। गजूरी गाँउपालिका १ स्थित गजूरी शाखा गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र गल्छी गाँउपालिका ७ स्थित गल्छी शाखा गल्छी गाँउपालिकाका अध्यक्ष कृष्ण हरी श्रेष्ठले सोमबार उद्घाटन गरे।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दामुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जनाएको छ।

बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १४९अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार