नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र एनएमबि बैंकबीच सम्झौता



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र एनएमबि बैंक लि. बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार एन.बी.आईले एनएमबि बैंक लि. का कर्मचारीहरुको कार्य दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता अनुसार एनएमबि बैंक लि. ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५०लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

उक्त सम्झौता पत्रमा एनएमबि बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •