fbpx

७४ दिनमा ९३ अर्ब कर्जा लगानी, वाणिज्य बैंकहरुमा भित्रियो ६५ अर्ब


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले ७४ दिनमा ९३ अर्ब कर्जा लगानी गरेका छन् । गत आर्थिक वर्षमा तरलता अभावले खुम्चिएका बैंक तथा वित्तिय संस्थाहरुले यतिबेला कर्जा लगानीको रफ्तार बढाएका छन् भने सोही अवधिमा ६५ अर्ब रुपैयाँ निक्षेपका रुपमा भित्र्याएका छन् । चालु आ।व को साउन महिनादेखि असोज १२ सम्मको अवधिमा नेपालका क वर्गका वाणिज्य बैंकहरुले यो रकम भित्र्याएको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंक स्रोत अनुसार वाणिज्य बैंकले रु २५ खर्ब २० अर्ब निक्षेप सङ्कलन गरेका छन् भने रु २२ खर्ब आठ अर्ब कर्जा लगानी गरेका छन् । बैंकमा अझै लगानीयोग्य रकम रु तीन खर्ब १२ अर्ब छ ।

गत साउन २५ गतेसम्म बैंकले रु २४ खर्ब ५५ अर्ब निक्षेप सङ्कलन गरेका थिए भने असोज १२ गतेसम्म आइपुग्दा निक्षेपको मात्रा बढेर २५ खर्ब २० अर्ब पुगेको छ । यस्तै गत साउन २५ गतेसम्म रु २१ खर्ब १५ अर्ब कर्जा लगानी गरेका बैंकले कर्जा लगानी बढाएर असोज सो अवधिमा रु २२ खर्ब आठ अर्ब पु¥याएका छन् ।

कर्जा लगानी गर्दा पनि अझै बैंकमा लगानीयोग्य रकम उपलब्ध देखिएको छ । यही असोज ५ गतेदेखि असोज १२ गतेसम्म मात्रै बैंकले रु आठ अर्ब निक्षेप सङ्कलन गर्दा सोही अवधिमा रु १९ अर्ब कर्जा लगानी गरेका छन् । निक्षेपको तुलनामा तत्काल लगानीयोग्य रकम उपलब्ध भए तापनि आक्रामक लगानीका कारण आगामी दिनमा लगानीयोग्य रकममा संकुचन आउने सक्ने देखिन्छ ।

चाडबाडको समयमा सवारी साधनको खरिदमा समेत बैंकले लगानी बढाएका छन् । यस्तै उद्योग तथा अन्य व्यवसायमा समेत लगानी बढेका कारण कर्जाको मात्रा बढेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार