दशैंमा नयाँ गाडी योजना, पुरा गर्दै छ वाणिज्य बैंकले सपना !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकले नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा  नयाँ योजना सार्वजनिक गरेको छ । नयाँ योजना अन्तरगत बैंकले ९ प्रतिशत ब्याजदरमा नयां गाडी कर्जा सुविधा दिने सार्वजनिक भएको छ ।

बैंकका अनुसार गाडीको कोटेशनमा अंकित मुल्यको बढिमा ६५ प्रतिशत वा ५० लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो रकम कर्जा लगानी गरिने छ ।

कर्जा अवधि ५ वर्ष सम्म भएमा ९ प्रतिशत र ५ वर्ष भन्दा बढि कर्जा अवधि भएमा ९ दशमलव ५ प्रतिशत ब्याजदर लागु हुने छ । बढिमा ७ वर्ष सम्म कर्जा अवधि दिइने उक्त योजना २०७५ कार्तिक मसान्त सम्म मात्र लागु हुने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार