fbpx

मुक्तिनाथ विकास बैंकमा अब घरमै बसी बसी खाता खोल्न मिल्ने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ सेवाको सुरुवात गरेको छ । अब घरमै बसी बसी खाता खोल्न मिल्ने गरी अनलाईन सेवाको शुरुवात गरेको हो । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने व्यवस्था ल्याएको छ ।

देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरुले यस प्रविधिको माध्यमबाट बैंकमा खाता खोल्न सक्नेछन् । उक्त सेवाबाट ग्राहकहरुले आफ्नो समयानुकुल बैंकको वेवसाईटबाट खाता खोल्न सक्नेछन् । हाल बैंकले १०२ वटा शाखा तथा २० वटा एटिएमबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार