ग्लोबल आइएमईद्धारा रक्तदान कार्यक्रमको आयोजना


Share This

नेपालबहस संवाददाता    

काठमाडौं ।  ग्लोबलआइएमई बैंकले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । “रक्तदान नै जीवनदान”हो भन्ने मुलनाराका बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । २०६३ पौष १८गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो समयमा नै अलग पहिचान बनाउन सफल भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

स्थापनाको एक दशकमा बैंक अफइएर द २०१४ तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाड २०१६, बेष्ट इम्प्लोयर अफ द इयर २०१८ बाट समेत सम्मानित भईसकेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १ सय ३३ शाखा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार