ग्लोबल आइएमई बैंकको १६ प्रतिशत बोनस पारित


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रस्तावित १६ प्रतिशत बोनस शेयर पारित भएको छ । बैंकको आज सम्पन्न १२औँ बार्षिक साधारण सभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम अब बैंकका सेयरधनीले चुक्ता पुँजीको १६ प्रतिशत बोनस शेयर पाउने छन् ।

बैंकले गत आर्थिक वर्ष २०७४र०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई उक्त बोनस दिन लागेको हो । उक्त बोनस वितरण पछि बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ नाघेको छ । साथै, बैंकले हालसम्म १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधिरसम्पर्क कार्यालय माफर्त बैंकिङ् सेवा दिँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार