fbpx

प्रभु बैंकको साधारणसभा फागुन १९ गते


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रभु बैंक लिमिटेडले आगामी फागुन १९ गते आफ्नो १७औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त प्रयोजनको लागि बैंकको आगामी फागुन ६ गतेदेखि १९ गतेसम्म १४ दिन बुक क्लोज हुँदै छ । उक्त सभाले शेयरधनीलाई ८ प्रतिशत बोनस र बोनस  शेयरमा लाग्ने कर प्रयोजनको लागि ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश दिने बैंकको प्रस्तावलाई पारित गर्दै छ ।

बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०७५र०७६ को चुक्ता पुँजीको सो मात्रा अर्थात ६५ करोड ८७ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, संस्थापक शेयरधनीहरुको स्वामित्व ५५ प्रतिशत कायम गर्ने प्रस्तावलाई कम्पनीको सभाले अनुमोदन गर्ने छ । बैंकको सभा फागुन १९ गते कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंको बबरमहलमा बस्दै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार