एनसीसी बैंकले महालक्ष्मी लाईफकाे बीमा पोलिसी बिक्री गर्ने



नेपालबहस संवाददाता
 



mahalaxmi-ncc

काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच बीमा पोलिसी बिक्री गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच बीमा पोलिसी बिक्री गर्ने गरी चैत्र ११ गतेको दिन सम्झौता भएको हो ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट महालक्ष्मी लाईफको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र महालक्ष्मी लाईफका तर्फवाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेको बैंकका प्रवक्ता बन्दना पाठकले नेपाल बहसलाई जानकारी दिइन् ।


सम्बन्धित समाचार