गणेशराज पोखरेल भए सिटिजन्स बैंकको नयाँ सीईओ , कार्यकाल चार बर्ष



नेपालबहस संवाददाता
 



Ganesh-raj-pokharel

काठमाडौं। नेपालका बाणिज्य बैंकहरुमा अलग्गै पहिचान बोकेको सिटिजन्स बैंक इन्टरनेशनलको प्रमुख कार्यकारी अधिकृत ( सीईओ) मा गणेशराज पोखरेल नियुक्त भएका छन् ।

गत सोमबार बसेको बैंकको २९५औं संचालक समितिको बैठकले पोखरेललाई सीईओमा नियुक्ती गर्ने निर्णय गरेको छ । २०७५ साल चैत्र १८ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको कार्यकालका लागि पोखरललाई सीईओमा नियुक्त गर्ने निर्णय संचालक समितिले गरेको हो । राजनसिंह भण्डारीको समायावधि सकिएपछि पोखरेलले गत पुस १ गतेदेखि कामु सीईओका रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए।

पोखरेलले बैंक स्थापनाकालदेखि नै संलग्न भई बैंकको विभिन्न विभागीय पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए । पोखरेलले साथै २०६५ सालदेखि दोस्रो वरियतामा रहेर बैंकमा कुशल कार्यसम्पादन गर्दै आएका छन् । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानूनमा स्नातक तथा काठमाडौं विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

बैंकमा आबद्ध हुनुअघि उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रही कुशलतापूर्वक कार्यसम्पादन गरिसकेका छन् । व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका पोखरेल मृदुभाषी, दुरदर्शी,दृढ इच्छाशक्ति तथा लगनशिल व्यक्तिका रूपमा परिचित छन् । बिगत २५ बर्षदेखि बैंकिङ क्षेत्रमा बिताएका पोखरेल नेपाल व्यवस्थापन संघका पूर्व कार्यकारी निर्देशक पनि हुन् ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले नीति नियमको अनुपालना आफ्नो पहिलो प्राथमिकतामा पर्ने र बैंकलाई थप उचाईमा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।उनले ‘भित्र सिस्टम र बाहिर इमेज’लाई काम गर्दा प्रमुख विषय बनाउने र समस्त सरोकारवालाहरूको हितमा काम गर्ने नेपाल बहस डटकमसँगको कुराकानीमा बताए ।


सम्बन्धित समाचार