सनराइज बैंकले खोल्यो ठेंचोमा शाखा



नेपालबहस संवाददाता
 



sunrise-bank

काठमाडौं । आफ्ना ग्राहकहरुलाई सहज सेवा,सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आईरहेको छ । यसैक्रममा ललितपुरस्थित ठेंचोमा बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।

आइतबार आयोजित औपचारिक कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई.बच्छराज तातेडले संयुक्त रूपमा उद्घाटन गरेका छन् । सो कार्यक्रममा संचालक समितिका सदस्यहरु ओमकृष्ण जोशी, शारदा शर्मा पुडासैनी, नायव महाप्रबन्धक अपछकुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

sunrise-bank

यो समेत गरी अब बैंकको शाखा संख्या १०४ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्यभर २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टी.एममार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरूमा पनि थप शाखाहरू संचालन गर्ने योजना रहेको छ ।


सम्बन्धित समाचार