सिभिल बैंकबाट भाटभटेनी मनी ट्रान्सफर सेवा पाईने



नेपालबहस संवाददाता
 



civil and bhatbhateni

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सिभिल बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच मनी ट्रान्सफर सम्बन्धि सम्झौता सम्पन्न भएको छ । बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार भाटभटेनी ग्रुपद्वारा प्रर्बद्धित भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको बहत्तरओटै शाखाहरुबाट सहज रुपमा पठाउन र प्राप्त गर्न सकिनेछ साथै यो सेवा अब नेपालभरी रहेका सबै भाटभटेनी सुपर मार्केटहरुमा पनि छिट्टै उपलब्ध हुने  कम्पनीले जनाएकाे  छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार