सनराइज बैंकले निकाल्यो बालबालिकाका चित्र अंकित क्यालेन्डर



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँवर्ष २०७६ सालको क्यालेन्डरको विमोचन गरेको छ । बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा विमोचित उक्त क्यालेण्डरमा अन्नपूर्ण पोष्ट दैनिकको अंकुर र नागरिक दैनिकको जुनकीरी पृष्ठमा १ वर्षभित्र प्रकाशित विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाका चित्रहरूलाई समावेश गरिएको छ ।

स–साना बालबालिकाहरुले आफ्ना मानसपटलमा रहेका सोच, जिज्ञासा तथा रचनाहरुलाई चित्रकारिताको माध्यमबाट अभिव्यक्त गरेकोमा बालबालिकाकोे प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त चित्रहरूलाई समावेश गरेको बैंकको भनाई छ ।sunrise-bank-nepal

उक्त विमोचन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु ई.बच्छराज तातेड, शारदा शर्मा पुडासैनी, दीपक नेपाल, ओमकृष्ण जोशी तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गरिएको थियोे ।

सो अवसरमा बालबालिका तथा निजका अभिभावकहरूले बैंकको यस्तो फरक सोच तथा कार्यले स–साना बालबालिकालाई थप प्रोत्साहित तथा प्ररेणा मिल्ने विचार व्यक्त गर्दै बैंकलाई धन्यबाद दिएका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार