कुमारी बैंकको १८ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम



नेपालबहस संवाददाता
 



blood-donation--kumari-bank

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आफ्ना शाखाहरुमार्फत संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।

सोही अवसरमा नेपाल रेडक्रसको सहकार्यमा बैंकको कर्मचारी संघले पुतलीसडक शाखामा आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सर्वसाधारण र ग्राहकवर्गसहित ११८ जनाले रक्तदान गरेका छन् ।

देशव्यापी रुपमा ८७ शाखा सञ्जाल, ८३ एटीएम तथा २ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैकिङ्ग सुविधाहरू प्रदान गर्दै आइरहेकोे बैंकले सम्पूर्ण रक्तदाताको अमूल्य योगदानप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी तथा सेवामूलक कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार