हावाहुरी प्रभावितलाई ग्लोबल आइएमईले दियाे भाँडाकुँडा राहत



नेपालबहस संवाददाता
 




काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा र पर्साका हावाहुरीबाट प्रभावितका लागि राहत वितरण गरेको छ ।

बैंकले बारा जिल्लाका ५० घरपरिवारलाई भाँडाकुँडा, थाल–कचौरा, झुल, लगायतका सामाग्री वितरण गरेको जानकारी दिएको छ ।

हावाहुरी र असिना पानीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस् भन्ने उद्धेश्यले बैंकले उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएको जनाएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु : बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।


सम्बन्धित समाचार