जनता बैंक दशौं बर्षमा प्रवेश, हजारौंको निशुल्क स्वास्थ्य परिक्षण, १६० प्वाईन्ट रगत संकलन



नेपालबहस संवाददाता
 



janata-bank-nepal

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड ९ वर्ष पुरा गरि १० औं वर्षमा प्रवेश गरेको छ । दशौं वर्ष प्रवेशको अवसरमा समाजप्रतिको दायित्व पुरा गर्न बैंकले निशुल्क स्वास्थ्य शिविर, रक्तदान, छात्रवृत्ति, प्रभातफेरि लगायतका थुप्रै कार्यक्रमहरु भव्यताका साथ सम्पन्न गरेको छ ।

१०औं वर्ष प्रवेशको अवसरमा आज चैत्र २३ गते विहान प्रभातफेरी सम्पन्न भएको छ । बैकिङ्ग साक्षरता सम्बन्धी चेतनामुलक ब्यानर र प्लेकार्डसहित सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष, संचालकहरु, र काठमाडौं उपत्यकाका शाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता रहेको थियो । यस्तै प्रकारको प्रभातफेरी कार्यक्रम उपत्यका बाहिर रहेका अन्य शाखाहरुमा पनि सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ ।

janata-bank-butwal

निःशुल्क स्वास्थ्य शिविर :- देशका ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि जनता बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्य नारी पहल’ अभियान संचालन गर्दै नारीहरुको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको छ । यसै लक्ष्यलाई अवलम्बन गर्दै १० औं बर्ष प्रवेशको अवसरमा आज कुन्तावेशी शाखा, काभे्रपाल्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना सम्पन्न भयो । स्वास्थ्य शिविरमा १९६ जना महिलाहरुले स्त्री तथा प्रसुति रोग सम्बन्धि स्वास्थ्य परिक्षण गराएका छन् । सो मध्ये आङखस्ने सम्बन्धि समस्याको अप्रेशन गर्नुपर्ने बिरामीको निःशुल्क अपे्रशनको व्यवस्था बैंकले मिलाएको छ । उक्त शिविरमा २५० जनाले जनरल मेडिसिन चेकअपको सेवा लिएका थिए भने सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

यसैगरी केन्द्रिय कार्यालय, सेन्ट्रल बिजनेस पार्क, थापाथलीमा निःशुल्क थायोराइट, सरभाईकल क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धित परिक्षण शिविर राखिएकोमा २६७ जनाले सेवा लिएका छन् । साथै सुर्खेत शाखा, विरेन्द्रनगर सुर्खेतमा निःशुल्क दन्त परिक्षण शिविर राखिएकोमा २०० जनाले सेवा लिएका छन् । उनीहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो । त्यस्तै रुपनी शाखा, सप्तरीमा गरिएको वृहत आँखा शिविरमा १३५ जनाको निःशुल्क मोतिविन्दुको अप्रेशन गरिनुका साथै निःशुल्क चस्मा पनि वितरण गरिएको छ ।

रक्तदान कार्यक्रम :- रक्तदान कार्यक्रमलाई जनता बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको छ । यसै अवसरमा चैत्र २३ गते बैंकको केन्द्रिय कार्यालय – थापाथली, सुर्खेत, घोराही, नारायणघाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका शाखाहरुमा पनि वृहत रक्तदान कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रमबाट १६० प्वाइन्ट रगत संकलन भएको छ ।

सहयोग :- सोही अवसरमा महिला तथा वालवालिका संरक्षण घर, अत्तरीयामा शैक्षिक तथा सरसफाई साम्रगी हस्तान्तरण कार्यक्रम राखिएको थियो । त्यस्तै, मुर्गिया शाखाबाट निःसहाय तथा जेहन्दार विधार्थीहरुलाई शैक्षिक साम्रगीहरु हस्तान्तरण गरिनुका साथै महेन्द्रनगर र नारायगढ शाखाको बृद्धाआश्रमहरुमा खाना खुवाइएको छ ।

छात्रवृत्ति :- देशको विभिन्न भागका सरकारी स्कूलमा अध्ययनरत वालवालिकाहरुलाई नियमित छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसै अवसरमा विभिन्न विद्यालयका २ जना विद्यार्थीलाई रु. १० हजार नगद छात्रवृत्ति वितरण पनि गरिएको बैंकले जनाएको छ ।

स्थापनाको नौ बर्षे यात्रामा निरन्तर साथ दिएका सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय तथा शुभ चिन्तकहरुप्रति बैंकले कृतज्ञता प्रकट गरेको छ । बैंकको हाल १२८ वटा शाखा कार्यालय, ९४ वटा एटीम, ५० शाखारहित बैंकिङ्गबाट कारोबार गर्दै रु. ७०.९४ अर्ब निक्षेप संकलन र रु. ६५.६९ अर्ब कर्जा लगानी गरेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार