fbpx

एनसीसी बैंकले ल्यायो नागरिक बचत खाता , लुम्बिनी र गुम्बाहरु अंकित क्यालेण्डर सार्वजनिक



नेपालबहस संवाददाता
 




काठमाडौं । नयाँ बर्षको आगमनसँगै नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले नेपाल सरकारको ‘समृद्धिसँग जोडौ नाता :- सबै नेपालीको बैंक खाता’ भन्ने नारासहित ‘खोलौ बैंक खाता अभियान २०७६’ लाई पूर्णसफल बनाउनको लागि ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

२०७६ वैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले आफ्नै तर्फबाट रु. १ सय खातामा जम्मा गरिदिने जनाएको छ ।

लुम्बिनी र गुम्बाहरु अंकित नयाँ बर्षको क्यालेण्डर सार्वजनिक

बैंकले २०७६ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । बैंकको केन्द्रीय कार्यालय बागबजारमा सो क्यालेण्डर सार्वजनिक गरिएको बैंकले जनाएको हो । साथै बैंकले २०७६ सालको सो क्यालेण्डरमा भगवान गौतम बुद्घको जन्मस्थल लुम्बिनी, नेपालमा रहेको लुम्बिनी बिकास क्षेत्रभित्र विभिन्न राष्ट्रहरु निर्मित गुम्बाहरुको चित्र हाते स्केचमा समावेश गरेको जानकारी दिएको छ ।

बैंकको मुलुकभर १२२ वटा शाखा र ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।


सम्बन्धित समाचार