कुमारी बैंक पुरस्कृत, कोर सफ्टवेय बैंकिङमा अगाडि



नेपालबहस संवाददाता
 



kumari-bank

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं । भारतको मैसुरमा सम्पन्न भएको Infosys Finacle Client Innovation Award 2019 मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ । यसरी Infosys Finacle बाट सम्मानित हुनेमा अहिलेसम्म कुमारी बैंक पहिलो नेपाली बैंक हो ।

आफ्नो कोर बैंकिङ्ग सफ्टवेयर जम्मा ४.५ महिनाको छोटो अवधिमा फिनाकल भर्सन १० मा माइग्रेशन प्रक्रिया सम्पन्न गरेकोमा कुमारी बैंक उक्त अवार्डले सम्मानित भएको हो । प्राविधिक रुपान्तरण, सही प्रयोग तथा श्रीजनशीलता जस्ता बुंदाहरुलाई आधार मानेर उक्त अवार्ड दिने गरिन्छ ।

Infosys Finacle को उक्त समारोहको यस संस्करणमो “Accelerated Transformation” विधामा कुमारी बैंक विजेता भएको हो । सोही विधामा अरु बैंकमध्ये पन्जाब नेशनल बैंक विजेता तथा ICICI Bank, Andhra Bank / Emirates NDB (UAE) उपविजेता भएका छन् ।
अन्र्तराष्ट्रिय मञ्चमा नवीन बैंकिङ्ग प्रविधिमा प्रतिष्ठित मानिने उक्त अवार्डले सम्मानित भए पश्चात् आगामी दिनमा अझ आधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ । यसरी नै नेपाली बैंकहरुमा भएको क्षमता र सम्भावनालाई पनि आगामी दिनहरुका लागी उजागर गर्न सकिन्छ भन्नेमा बैंक विश्वस्त रहेको जनाएको छ ।


  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

सम्बन्धित समाचार