नबिल इन्भेष्टमेन्टले नबिल ब्यालेन्स फण्ड २ को इकाई निष्काशन गर्ने



नेपालबहस संवाददाता
 




  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेडले आगामी बिहिबारदेखि सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ को इकाई सार्वजनिक निष्काशन गर्ने भएको छ ।

लिमिटडले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे बिहिबारबाट प्रतिइकाई दश रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउने जनाएको हो ।

फण्डले निष्काशन गर्ने कुल १२ करोड इकाईमध्ये बिज पूँजी वापत न्यूनतम १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई छुट्टाएर बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणबाट निष्काशन हुनेछ ।

दश वर्ष अवधिको यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन लिन सकिने बताइएको छ । न्यूनतम १०० इकाईदेखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

उक्त इकाई छिटोमा बैशाख ९ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने जेठ ३ गतेसम्म खुला रहने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले जानकारी दिए । लगानीकर्ताहरुले लिमिटेडको आर्थिक अवस्थाका बारेमा बुझेर नबिल ब्यालेन्स फण्डमा लगानी गर्ने उनले बताए ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्को व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने उक्त नबिल ब्यालेन्स फण्ड–२ योजनाको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डले चैत १० गते अनुमति दिएको थियो ।


  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

सम्बन्धित समाचार