ज्येष्ठ नागरिकलाई सहकारी र कोइराला फाउण्डेसनले गराए तीर्थाटन



नेपालबहस संवाददाता
 



Koirala-foundation

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भक्तपुर । सूर्यविनायक–१ बिरुवास्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ सदस्यलाई विभिन्न तीर्थस्थलको भ्रमण गराएको छ ।

संस्थाका ५५ वर्षमाथिका नियमित ज्येष्ठ बचतकर्तालाई विभिन्न तीर्थस्थलको भ्रमण गराएको संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईंले बताए । ज्येष्ठ सदस्यलाई सिन्धुलीको कुशेश्वर, दामनको ऋषेश्वर, ललितपुर लेलेको पाथीभरा, नुवाकोटको दुप्चेश्वर, भक्तपुर तेलकोटस्थित पञ्चमहालक्ष्मी, काभ्रेस्थलीको तारकेश्वरको शान्तिधाम लगायतका क्षेत्रमा भ्रमण गराएको उनले बताए ।

भ्रमणमा सहभागी सानुभाइ कार्की, वासुदेव थापा, डल्लु कार्की लगायतले भ्रमण प्रभावकारी रहेको र यसले धार्मिक महत्व बढाएको बताए । संस्थाले विसं २०६७ देखि यसप्रकारको भ्रमण गराउँदै आएको छ ।

ज्येष्ठ नागरिकलाई तीर्थायात्रा

गिरिजाप्रसाद कोइराला फाउण्डेसन जिल्ला कार्यसमिति भक्तपुर र नेपाली काङ्ग्रेस चाँगुनारायण नगरपालिका–१ कार्यसमितिले यहाँका ८० ज्येष्ठ नागरिकलाई तीर्थायात्रा गराएको छ ।

गिरिजाप्रसाद कोइरालाको नवौँस्मृति दिवसका अवसरमा आयोजना गरिएको चार दिने तीर्थयात्रामा भक्तपुरबाट जनकपुर, बराहक्षेत्र, हलेसी महादेवलगायतका तीर्थस्थलको दर्शन गराइने नेपाली काङ्ग्रेस क्षेत्र नं– १ का क्षेत्रीय सचिव एवं चानपा– १ का वडासदस्य उद्धब खड्काले जानकारी दिए । उनले आफूले एक वर्षको तलब भत्ता र अन्य शुभेच्छुकको आर्थिक सहयोगमा चानपा वडा नं– १ का ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई तीर्थाटनमा सहभागी गराइएको बताए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार