सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा सुयोग श्रेष्ठ नियुक्त


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सिइओमा सुयोग श्रेष्ठ नियुक्त भएका छन् । विकास बैंकको यहि भदौ ८ गते शुक्रबार बसेको संचालक समितिको २१४ औं बैठकले श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

श्रेष्ठ यसअघि एस डेभलपमेन्ट बैंकका प्रमुुख कार्यकारी अधिकृत थिए । श्रेष्ठले त्रिभुवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातक तथा ईन्सिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डिया, नयां दिल्लीबाट चार्र्टर्ड एकाउन्टेन्ट गरेका हुन ।

सन् २००० मा हिमालयन बैंक लिमिटेडबाट जुनियर अफिसर स्तरबाट आफ्नो बैंक करियर शुरु गरेका उनले सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा सहायक प्रबन्धक हुदैं प्रबन्धक बनेका थिए ।

सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक पदमा कार्यरत श्रेष्ठ सन् २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुख कार्यकारी अधिकृत हुदै प्रमुख कार्यकारी अधिकृत सिइओ बनेका थिए ।

उनको संघर्ष र सफलतालाई नजिकबाट नियालेको सांग्रिला डेभपलमेन्ट बैंक लिमिटेडको बोर्डले श्रेष्ठलाई सिइओ नियुक्त गरेको हो । उनको आगमनपछि बैंकले थप सफलताका साथ उचाई लिने बोर्डको अपेच्छा छ ।

तपाईको प्रतिक्रिया