fbpx

प्रभुको बैंकिङ सेवा जलेश्वर भन्सारमा


Share This

नेपालबहस संवाददाता    

गौशाला । प्रभु बैंकले बैंकिङले महोत्तरीको जलेश्वर भन्सार कार्यालय परिसरमा बैंकिङ सेवाको थालनी गरेको छ । प्रभु बैंकले भन्सार कारोवारलाई मद्दत गर्ने उद्देश्यले एक्सटेन्सन काउण्टर स्थापना गरेर सञ्चालनमा ल्याएको भन्सार कार्यालयका प्रमुख केशव भण्डारीले बताए । भन्सार कार्यालयबाट झण्डै पाँच किलोमिटर दूरीमा रहेको सदरमुकाम जलेश्वरमा मात्र बैंक रहेकाले बाटोमा पर्ने सुनसान फाँट पार गर्दै दैनिक करोडौँ राजश्व बैंक दाखिला गर्नु भन्सारकर्मीका लागि जोखिमपूर्ण थियो  भने अब सहज भएको छ । प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले केही दिनमै यस काउण्टरबाट पनि ऋण लगानी, घर, गाडी र व्यवसायका लागि कर्जा प्रवाह, बचत सेवा, विप्रेषणलगायत सुविधा पनि प्रदान गरिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार