नेशनल बैंकिङ ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता आदान–प्रदान हुने



नेपालबहस संवाददाता
 



muktinath-bikas-Bank-NBI

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेशनल बैंकिङ ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रतगतिमा विस्तार गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एनबीआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रधुम्न पोखरेलले चैत्र २५ गते हस्ताक्षर गरेका छन् ।

उक्त सम्झोैतापत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे मुक्तिनाथ विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्नो सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई NBI  Mobile App बारे ज्ञान दिलाई आ –आफ्ना ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछन् ।

साथै बैंकले एनबीआई एपमार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विधाथीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबीआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन पनि गरिदिनेछ ।

यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सन्चालन बारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने दावी बैंकको छ । वित्तीय साक्षरताको सबै आवश्यक सामाग्री सबै माझ लैजान एनबीआई मोबाईल एपको प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात विश्वास लिइएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार