कामना सेवाकाे बाेनस र लाभांश दिने निणर्यमा नेप्सेले माग्यो स्पष्टीकरण, शेयर कारोबार स्थगित



नेपालबहस संवाददाता
 



Kamana-sewa logo

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंकले आफ्ना शेयरधनीलाई बोनस र लाभांश गरेर झण्डै २५ करोड रुपैयाँ दिने निर्णय गरेको छ । बैंकले १.५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरी कूल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पूँजीको १.५० प्रतिशतले कायम हुन् आउने ३ करोड ७५ लाख ३९ हजार ८ सय ३२ रुैपैयाँ बराबरको बोनस शेयर र ८ प्रतिशतले हुन् आउने २० करोड २ लाख १२ हजार ४ सय ४१ रुपियाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पूँजी लगभग २ अर्ब ५४ करोड पुग्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

kamana-sewa
Scanned Image

यसैबीच, नेपाल स्टक एक्सचेन्जले कामना सेवा विकास बैंकको शेयर कारोबार स्थगित गरेको छ । बैंकले लाभांश सम्बन्धी निर्णय नेप्सेलाई जानकारी गराउन विलम्ब गरेपछि शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ । नेप्सेले कामना सेवालाई २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिएको छ । बैंकले स्पष्टीकरण पेश गरेपछि मात्र कारोबार खुला हुनेछ ।

कामनाको सञ्चालक समितिले गत चैत्र २४ गते नै बोनस र लाभांश दिने निर्णय गरेपनि नेप्सेलाई भने आज (चैत्र २६) मात्र जानकारी गराएको छ । बजार मूल्यसँग सम्बन्ध राख्ने निर्णयहरु तत्काल नेप्सेलाई जानकारी गराउनुपर्ने प्रावधान रहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार