महालक्ष्मी विकास बैंकको सहयोगमा १ दिने स्वास्थ्य शिविर सम्पन्न


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । महालक्ष्मी विकास बैंक लि. को आर्थिक सहयोग तथा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरको प्राविधिक सहयोग र जागरुकता समाज नेपालको आयोजनामा का.म.न.पा वडा नं २२ मा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

का.म.न.पा वडा नं २२ मा रहेको हिमालयन माध्यमिक विद्यालयमा वडा अध्यक्ष चिनीकाजी महर्जनको प्रमुख आतिथ्यमा दन्त शिविर तथा मुखको स्वास्थ्य सम्वन्धि अभिमुखिकरण तथा पुस्तक वितरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १० सम्मका गरी १ सय १५ जना विद्यार्थीहरुको दन्त परिक्षण गरिएको महालक्ष्मी विकास बैंक लि.का न्यूरोड शाखा प्रमुखश्री हरेकृष्ण वाग्लले बताए । साथै उक्त कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हिमालयन माध्यमिक विद्यालयमा अध्ययनरत जेहन्दार तथा आर्थिक रुपमा कमजोर परिवारका ८ जना विभिन्न कक्षाका विद्यार्थीहरुलाई पाठ्यपुस्तक सामग्री समेत वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख आतिथि महर्जनले यस्ता सामाजिक कार्यहरुमा सहयोग गर्दै आएकोले महालक्ष्मी विकास बैंकलाई विशेष धन्यवाद दिए । विद्यालयका प्रधानाध्यापक हिरा लक्ष्मी श्रेष्ठले पनि यस प्रकारको कार्यक्रम यस विद्यालयमा पहिलो पटक भएको र यस कार्यक्रमले विद्यालयका बालबालिकाहरु आफ्नो स्वास्थ्यप्रति सचेत हुनुका साथै आर्थिक अवस्था कमजोर भएका परिवारका वालवालिकाहरुलाई धेरै सहयोग पुगेको महर्जनले बताए ।आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने महालक्ष्मी विकास बैंकले प्रतिबद्घता जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State