लूम्विनी विकास बैंक लिमिटेडको एकै दिन दुई शाखा विस्तार


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । लूम्विनी विकास बैंक लिमिटेडले एकै दिन दुई शाखा विस्तार गरेको छ । आफ्नो सेवा विस्तारको क्रममा एस्याङजाको पूतलीबजार नगरपालिका वडा नं। ३ बाडखोला तथा मोरङको वेलवारी नगरपालिका वडा नं. ७ नयाँ बाहुनीमा आफ्नो ६१औं तथा ६२औं शाखाहरु सञ्चालनमा ल्याएको हो ।

मोरङको नयां वाहूनी शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपूटी गर्भनर चिन्तामणी शिवाकोटीले बैंकहरु शहरमा मात्र केन्द्रीत नभै ग्रामिण भेगमा समेत सेवा विस्तार गर्दै जानूपर्ने तथा सूशासन कायम राख्दै बैंकिङ सेवालाई समय सापेक्ष प्रतिस्पर्धी बनाउनूपर्ने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले बैंकवाट उपलव्ध सेवा सूविधाहरुको सम्बन्धाबाट स्थानीय जनता लाभान्भित हुनेमा विश्वस्त रहेको बताए । बैंकको हालसम्म ६२ शाखा सञ्जालहरु तथा १२ एटिएम संचालनमा छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State