ग्लोबल आइएमईको थप २ शाखा विस्तार


Share This


नेपालबहस संवाददाता    65 Views

काठमाडौं । ग्लोबल आइएमई बैंकले जेठ १५ गते मंगलबारदेखि लमजङङ्गको क्व्होलासोथार गाँउपालिका-८ साल्मेमा आफ्नो ८६औं र पर्वत जिल्लाको कुश्मा नगरपालिका-२ खुर्कोट बगैँचामा ८७ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।

लमजुङ्ग जिल्लाको साल्मेमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय सर्फु दिन मीयालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । त्यसैगरी पर्वत जिल्लाको खुर्कोट बगैँचामा खोलिएको सेवाको लागि स्थानिय छत्रबहादुर क्षेत्रीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा(टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो

तपाईको प्रतिक्रिया