लक्ष्मी बैंकको १०२ औ एटिएम सेवा पश्चिम पृतना हेडक्वाटर विजयपुरमा


Share This


नेपालबहस संवाददाता    86 Views

काठमाडौँ । लक्ष्मी बैंकको १०२ औँ ए.टि. एम अब पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा विस्तार गरिएको छ । बैंकले आफ्नो ए.टि.एम सेवा विस्तार गर्ने क्रममा पोखराको पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा बिहीबार देखि ए.टि.एम सेवा संचालनमा ल्याएकोे छ ।

यस ए.टि.एमको सेवा व्यारेकका सैनिकहरुका लागी मात्र नभई, सर्वसाधारणहरुका लागी पनि उपलब्ध हुने बताइएको छ । यस ए.टि.एमको उद्घाटन पृतनापति देवेन्द« बहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट मनिष राज कुँवरद्धारा सयुक्त रुपमा गरिएको छ ।

ब्यारेकको थप ए.टि.एमका साथै, लक्ष्मी बैंकको ए.टि.एम संख्या १०२ पुगेको छ भने देशभर कुल ८४ शाखाहरु पुगेका छन् । आगामी दिनहरुमा पनि बैंकले अझ धेरै शाखा अनि ए.टि.एम सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्यलिएको छ ।

तपाईको प्रतिक्रिया