कमर्सियल बैंकद्धारा १५ वटा विद्यालयहरुलाई शैक्षिक सामाग्री वितरण


Share This


नेपालबहस संवाददाता    82 Views

काठमाडौँ । प्राइम कमर्सियल बैंकले चितवन जिल्ला, इच्छाकामना गा.पा. अन्तर्गतका १५ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

एक समारोहका बिच सेतोपाटी, सुकुुल, कालो मार्कर पेन, डष्टर लगाएतका सामाग्री वितरण गरेको छ । सो तामिन गाँउमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको लागि १ हजार मीटर पाइप तथा उक्त विद्यालयहरुमा अध्यनरत अति विपन्न परिवारका ७ सय ५० विद्यार्थीहरुलाई झोला, ब्याग, जस्ता शैक्षिक सामाग्रीहरु एक समारोहका बीच वितरण गरेको छ ।

बैंकका अध्यक्ष उदय मोहन श्रेष्ठ, सञ्चालक राजेन्द दास श्रेष्ठ तथा बैंकका संस्थापक एवं पूर्व अध्यक्ष मा. उमेश श्रेष्ठ बाट संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापक ज्यूहरुलाई हस्तान्तरण गरेका छन् ।

प्राइम कमर्सियल बैंकले चितवन जिल्लाका विभिन्न गाउपालिका तरकारी, फलफूल एवं पशुपालक कृषकहरुलाई दुई वर्ष अगाडि देखिनै समूहमा काम गर्न उनीहरुलाई आधुनिक कृषि ज्ञान, तालिम र शीप सिकाई उत्पादन क्षमताका सहयोग गर्दै आइरहेको छ ।

दैनिक उपभोग्य बस्तुहरु जस्तै नून, तेल, चामल, मसला लगायत अन्य सामाग्रीहरु सुपथ मूल्यमा विक्री गर्ने गरि समूहको पसल संचालनमा ल्याउने कार्यक्रम पनि रहेको छ ।

कार्यक्रमलाई बैंकले नेपाल भर हाल खुलेका बैंकको शाखा कार्यालयहरुमा अभियानकै रुपमा संचालन गर्ने गरि कार्यक्रमको थालनी समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया