गरिमा विकास बैंकले ल्यायो ‘दम्पति बचत खाता’


Share This


नेपालबहस संवाददाता    72 Views

काठमाडौं । गरिमा विकास बैंकले गरिमा दम्पती बचत खाता सञ्चालनमा ल्याएको छ । बुधबार झापाको मेची पुलबाट विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त बचत योजना सुरु गरेको बैंकले जनाएको छ।

प्रदेश नम्बर १ अन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित आठ शाखा कार्यालयको औपचारिक उद्घाटनको पूर्वसन्ध्यामा उक्त बचत योजना सार्वजनिक गरिएको बताइएको छ ।

बैंकमा गरिमा दम्पती बचत खाता खोल्ने ग्राहकले वार्षिक नौ प्रतिशत ब्याज पाउनेछन् । यो खाता खोल्ने ग्राहकले बैंकको एटिएम कार्ड, मोबाइल बैंकिङ सुविधा, सी–आस्बा सुविधा र एबिबिएस सुविधा निःशुल्क पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार