बाराको कलैयामा लक्ष्मी बैंकको ५८ औं शाखा स्थापना


Share This


नेपालबहस संवाददाता    76 Views

काठमाडौं । लक्ष्मी बैंकले बाराको कलैयामा ५८ औं शाखा स्थापना गरेको छ । योसँगै लक्ष्मी बैंकको सञ्जाल ४३ जिल्लामा पुगेको छ । यसबाहेक तीनवटा अस्पताल काउन्टर, एक सय तीन एटिएम, २५ सय भन्दा बढी रेमिटेन्स काउन्टर, ५१ शाखारहित बैंकिङ सेवा र चार सयभन्दा बढी मोबाइल एजेन्ट रहेको बैंकले जनाएको छ।

गत आर्थिक वर्ष ०७३(७४ मा ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको पनि बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले सो आर्थिक वर्षमा करिब सय करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया