जनता,कुमारी र सेन्चुरी बैँकको सयुक्त लगानीमा जलविद्युतको वित्तीय व्यवस्था सम्पन्न


Share This


नेपालबहस संवाददाता    72 Views

काठमाडौं । जनता बैँक नेपाल लिमिटेडको अगुवाइमा कुमारी बैँक लिमिटेड र सेन्चुरी कमर्सियल बैँक लिमिटेडको सयुक्त लगानीमा माथिल्लो दरौंदी १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्था सम्पन्न भएको छ ।

कालिका गु्रप अन्तर्गत डायमण्ड हाईड्रोपावर प्रा।लि. ले प्रवर्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौँदी १ जलविद्युत आयोजना जनता बैँक नेपाल लि.को नेतृत्व र थप दुई बैँक कुमारी बैँक लि. र सेञ्चुरी कमर्सियल बैँकलि. को सहभागितामा रु १ अर्ब ३४ करोड ८०लाख परियोजना कर्जाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

लगानी सम्बन्धी सम्झौतामा कम्पनीका तर्फ बाट निकोलस पाण्डे र कन्सोर्टियम बैँकका तर्फ बाट जनता बैंक नेपाल लिमिटेडका काठमाडौं क्षेत्रीय प्रमुख कल्याण विक्रम पाँडेले बिहिबार हस्ताक्षर गरेर वित्तीय व्यवस्था स्म्पन्न भएको छ । आयोजनाको निर्माण लागत रु. १ अर्ब ९२ करोड रहेकोमा कुल लागतको ७०५ रकम बैंकहरुले परियोजना कर्जा प्रदान गर्ने बताइएको छ ।

माथिल्लो दरौँदी १ जल विद्युत आयोजना गोरखा जिल्लामा अवस्थित दरौदीखोलामा निर्माण हुनेछ । कालिका गु्रप बाट प्रवर्धित चालु अवस्थामा रहेको ६ मेगावाट दरौंदी एकोटेलरेसको पानी र दरौंदीखोलामा २० मिटरको बाँधबाँधी १४.९६ क्युसेक पानी करिब २९५० मिटर पाइप, २०२४ मिटर सुरुङ र करिब ७२४ मिटर पेन स्टक पाइपको माध्यम द्धारा विद्युत गृहमा जडित फ्रान्सिस् (francis) २ वटा को माध्यमले विद्युत उत्पादन गरेपछि सम्पूर्ण पानी पुनः दरौंदीखोलामा छोडिने बताइएको छ ।

परियोजना प्रति बेदन अनुसार आयोजना बाट वार्षिक ५१,८३२,८८८ युनिट विद्युतीय उर्जा उत्पादन हनेछ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरण सँग भएको विद्युत खरिद विक्रि सम्झौता अनुसार न्यू मस्र्याङ्दी सबस्टेसन, तनहुँमा जडान गरिने भएको छ ।

तपाईको प्रतिक्रिया