देवः विकास बैंकको एकैचोटी थप ३ नया शाखा विस्तार


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । देवः विकास बैंक लि.को एकैचोटी तिन ठाउँमा ३ थप नया शाखा विस्तार भएको छ । थप नयां शाखा विस्तार हुने क्रममा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.८, माइस्थान स्थित वीरगञ्ज शाखा कार्यालय, बाँके जिल्ला स्थित नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१८ पुष्पलाल चोक स्थित नेपालगञ्ज शाखा कार्यालय तथा कोहलपुर नगरपालिका वडा नं. ११ नेपालगञ्ज रोड स्थित कोहलपुर शाखा कार्यालय गरी ३ वटा शाखा एकैचोटी संचालनमा आएको छ ।

३ ठाउँमा एकै चोटी संचालन भएको शाखाबाट वित्तीय कारोबार शुभारम्भ भएको बैकंले जनाएको छ । थप नयां शाखाहरुबाट वित्तीय कारोवार संचालन भए पश्चात् बैंकको सेवा देशको मध्य पश्चिम क्षेत्र एवं प्रदेश नं. ५ मा थप विस्तार भएको छ र त्रमशः सो क्षेत्रमा सेवाको विस्तार गर्दै लगिनेछ बैंकले जनाएको छ ।

बैंकले हालसम्म रु. १४ अर्व १८ करोड निक्षेप संकलन गरी रु. १३ अर्व २० करोड कर्जा प्रवाह गरिएकोमा नव संचालित शाखाहरुबाट थप श्रोत परिचालनमा सहयोग पुगीनेछ ।

तपाईको प्रतिक्रिया
Road Show Real State