आइएमई १७ औँ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश


Share This


नेपालबहस संवाददाता    139 Views

काठमाडौं । आजदेखि आइएमई १७ औँ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकाल देखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकतादिँदै आएको आइएमईले १८औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको छ ।

‘१८ औँ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूलनाराका साथ यस पटकको वार्षिकोत्सव मनाइएको हो । १८औँ वर्षसम्म आइपुग्दा आइएमईले रेमिटेन्सको क्षेत्रमा आर्जन गरेको पर्यावाची नामलाई कायम राखिराखेको छ । आइएमईको शाख, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिटेन्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’मार्फत प्रविधि मैत्री डिजिटल रेमिटेन्स सेवाको समेत थालनी गरिसकेको छ ।

आम सेवाग्राहीहरूको निरन्तर विश्वासले आइएमई नेपालको स्थापित व्यावसायिक समूहमा पर्न सपmल भएको छ । रेमिटेन्स, बैङ्क तथा वित्तीय संस्था, अटोमोबाइल, सूचनाप्रविधि, बीमा, उर्जा,केबलकार, हस्पिट्यालिटी लगायतका व्यावसायिक क्षेत्रमा आइएमई समूहले लगानी विस्तार गर्दै आइरहेको छ ।

१८औँँ वर्षसम्मको दौरानमा आइएमईले गौरवमय इतिहास बनाएको छ । यो गौरवमय इतिहास निर्माण गर्ने व्यावसायिक साझेदार एवम् सहकर्मी मित्रहरू, सेवाग्राहीहरू तथा शुभचिन्तक सबैप्रतिआइएमई नेतृत्व÷व्यवस्थापन हार्दिक आभार व्यक्त गरेको छ ।

१८औं वार्षिकोत्सवकाअवसरमा काठमाडौं पानीपोखरीस्थित केन्द्र कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा शुभकामना दिँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेशा प्रतिको इमान्दारिता हुनुपर्ने बताए ।

आइएमई ग्रुपका प्रवन्धनिर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीपविकास र क्षमता अभिबृद्विमा विशेष ध्यान दिइएको बताउँदै प्रतिष्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताए । प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आइएमई ग्रुपमा धेरै अवसरहरु भएको बताउँदै त्यो अवसरलाई उपयोग गर्ने क्षमता सवैमा विकास हुने बताए ।

यसैबिच, वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९५जनाले रक्तदान गरेका छन् । कार्यक्रममा १८ औँ वार्षिकोत्सवका दिन सम्म दश वर्ष सेवाअवधि पुरा गरेका कर्मचारीहरूलाई अध्यक्ष, प्रवन्धनिर्देशक र प्रमुख कार्यकारी अधिकृतले प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

१८औँ वार्षिकोत्सवको अवसरमा आयोजित फुट्सल प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई शिल्ड, ट्रफी र प्रमाण–पत्र प्रदान पनि गरिएको छ । कार्यालयको आन्तरिक छनोट प्रक्रिया बाट विभिन्न एघार विधामा उत्कृष्टता प्राप्त गर्ने कर्मचारीहरू सम्मानित भएका छन् ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँच सम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय७४आइएमई सेन्टर सहित७५ जिल्लाका७हजार ५सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया