आइएमई वल्र्डकप उत्सव–२०१८ शुरु, विजेतालाई बैंङ्ककसम्मको यात्रा


Share This


नेपालबहस संवाददाता    82 Views

काठमाडौं । आइएमई लिमिटेड र आइएमई पेले आइएमई वल्र्डकप उत्सव–२०१८ शुरु गरेका छन् । विश्वकप फुटबलको २१औँ संस्करण अन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शकहरु लाई उत्सवमा सहभागी हुन आयोजकले आग्रह गरेका छ ।

आइएमई लिमिटेड एवम् आइएमई पे का आधिकारिक फेसबुक पेज र आइएमई पेको एप मार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको छ । यो प्रतियोगिता १४ जून देखि १५ जुलाई २०१८ संचालन हुने आयोजकले बताएको छ

सहभागीहरुले वेभ पेजमा रहेको एपमा लग–इनगर्दै १,००० (एक हजार) प्वाईन्ट सहित प्रतिष्पर्धामा भाग लिन सक्ने बताइएको छ । पोईन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिदै आएको आयोजकले जानकारी दिएको छ ।

सहभागीहरुले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्ने छ । खेलको गलत अनुमान गरेमा सहभागीहरुको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिने छ । थप आइएमई फ्यान्टासी पोईन्टको सङ्कलन लागि थप चरणहरू प्रतियोगिताको समय अवधि भित्र पेस गरिने छ ।

प्रतियोगिताको अन्त्यमा अधिक संख्याको प्वाईन्टले विजयी प्राप्त गर्नेछ । अधिक सङ्ख्याको पोइन्ट प्राप्तगर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔँ बैंङ्कक जाऔँ’ अन्तर्गत एकजोडीलाई ४ रात ५ दिन लामो बैंङ्कक भ्रमणको अवसर मिलाइएको छ ।

भने प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सहि उत्तर दिने चार सेवाग्राहीहरू ‘लक्की–ड्र’ मार्फत छनोट हुनले दुई सयको आइएमई पे टपअप प्राप्त गर्ने बताइएको छ ।

सहभागीहरुले प्रतियोगिताको सम्भावित नतिजा कम्तिमा निर्धारित खेल शुरु हुनुभन्दा एक घण्टा पहिला अनुमान गर्नुपर्ने छ । यदिकुनै पोष्ट अथवा कमेन्ट त्रुटिपूर्ण देखिएमा बिना कुनै सूचना तत्काल रद्ध गरिनेछ ।

विजेता वा प्रतियोगिले पोष्ट गरेका तस्विर आइएमई र आइएमई पेको विज्ञापनमा प्रयोग गर्न सक्ने पुर्णाधिकार आइएमई र आइएमई पेमा निहित हुने आयोजकले जनाएको छ ।

एक वा सो भन्दा बढी प्रतियोगिले बराबर अंकप्राप्त गरेमा ‘लक्की ड्रमार्फत ’ विजेता घोषित गरिनेछ । प्रत्येक प्रतियोगिले आफ्नो सम्पर्कविवरण दुरुस्त पोष्ट गर्नु पर्ने आयोजकले जनाएको छ । यदितपाईं विजेता घोषित भएमा सोहि विवरणमा सम्पर्क गरिने बताइएको छ ।

जानकारी प्राप्त भएको सात दिन भित्रमा आफ्नो परिचयपत्र सहित आइएमई र आइएमई पेमा सम्पर्क गर्नु पर्नेछ । ‘लक्की ड्र’ एवम् भाग्यशाली विजेताको नतिजा आइएमई र आइएमई पे फेसबुक पेज मार्फत् सार्वजनिक गरिने आयोजकले जमनकारी दिएको छ ।

तपाईको प्रतिक्रिया