ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई ५ थान कम्प्यूटर सहयोग


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे जिल्लाको रोसी गाउँपालिका – ९, मंगलटार स्थित मंगल जन विजय माध्यामिक विद्यालयलाई ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ ।

कम्प्युटर हस्तान्तरण कार्यक्रमका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, सांसद एंव पूर्व स्वास्थ्य तथा वातावरण राज्यमन्त्री शशी श्रेष्ठ, राष्ट्रिय शिक्षा आयोगका सदस्य एव्म वरिष्ठ पत्रकार तथा विश्लेषक श्याम श्रेष्ठ, ग्लोबल आइएमई बैंककि सहायक महाप्रबन्धक आरती राणा लगायतको उपस्थिती रहेको थियो ।

उक्त समारोहमा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई बैंकले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरि सहयोग गरेकोमा धन्यबाद व्यक्त गर्दै बैंक तथा वित्तिय संस्थाहरुलाई यस्ता सामाजिक उत्तरदायित्वका गतिबिधिमा सहभागी हुन आग्रह गरे ।

बैंककि सहायक महाप्रबन्धक आरती राणाले भुकम्पबाट क्षति पुगेको विद्यालयका बिद्यार्थीहरुको शैक्षिक बिकासमा टेवा पुर्‍याउनको लागि बैंकले ५ थान कम्प्युटर सहयोग गरेको जानकारी गराउदैँ भविष्यमा पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई सधैँ प्राथमिकतामा राखेर अगाडी बढ्ने बताइन् ।

सांसद एंव पूर्व स्वास्थ्य तथा वातावरण राज्यमन्त्री शशी श्रेष्ठ ज्यूले बैंक तथा वित्तिय सस्ंथाले बैंकिङ्ग गतिबिधिको साथमा समाजको विकासका लागि गरेको सहयोगको सरहाना गरे ।

काभ्रे जिल्लाको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले एक कार्यक्रमका बिच बैंकले उक्त कम्प्युटरहरु हस्तान्तरण गरेको हो ।

तपाईको प्रतिक्रिया