एनएमबि बैंक र क्यान्सर अस्पताल बीच सम्झौता


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल NCHRC (Nepal  Cancer Hospital and Research Center) सँग बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता (MOU) गरेको छ ।

सम्झौतामा NMB Bank का Chief Business Officer सुदेश उपाध्याय र NCHRC sf Executive Chairman डा. सुदिप श्रेष्ठले संयूक्त हस्ताक्षर गरेका थिए । यस अस्पतालमा अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट बिभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको छ ।

सम्झौता अनुसार NMB VISA Debit तथा NMB Credit Card को प्रयोग गरि अस्पतालमा उपलब्ध क्यान्सर रोगको Screening Package, Radiology, Laboratory and Bed Charges मा १० % (दश प्रतिशत) र Radiation Therapy and Brachytherapy मा ७ % (सात प्रतिशत) सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता बिभिन्न खाले सम्झौताहरु गर्ने गरेको बैंकले जनाएको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको छ ।

तपाईको प्रतिक्रिया